राष्ट्र बैंकले दियो पुनर्बीमा कम्पनीलाई लाभांश वितरण गर्ने अनुमति

लोकपथ
208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बीमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक निकाय बिमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको हो ।

अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेस हुनेछ । सभाले पारित गरेपछि सेयरधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल पुनर्बीमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस र करसमेत गरी दुई दशमलव ५० प्रतिशत नगद लाभांश दिन लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?