प्रभु बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकको अनुमति

लोकपथ
234
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ । उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?