फरवार्ड माइक्रोफाइनान्सले गर्‍याे बम्पर लाभांश घोषणा

लोकपथ
169
Shares

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशतले हुन आउने चार करोड ३७ लाख ८६ हजार ३४७.५० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालन समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?