काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा १२ बजेका लागि बैठक बोलाइएको हो । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई शुभकामना दिनका लागि बैठक बोलाइएको हो ।
बैठकमा निवर्तमान अध्यक्षत्रयलाई समेत बोलाइएको छ । तर निर्वतमान एवं अध्यक्षमा पराजित कमल थापा भने बैठकमा नजाने भएका छन् । आफू हार्नुमा राजा र निर्मल निवासको हात रहेको भन्दै असन्तुष्ट रहँदै आएका थापा बैठकमा सहभागी नहुन लागेका हुन् । तर त्यसबारे कुनै कारण खुलाएका छैनन् ।
गत शनिबार सम्पन्न निर्वाचनमा हार व्यहोरेपछि निवर्तमान थापा निरन्तर राजा र निर्मल निवासप्रति आक्रोशित हुँदै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया