काठमाडाैं : स्पेनिश क्लब रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राती भएको निकै सनसनीपूर्ण फार्इनल खेलमा मड्रिडले लिभरपूललार्इ ३-१ गोलले हराउँदै लिग उपाधी जितेको हो ।
निकै अाक्रामकण शैलीमा खेलेको रियलले लिभरपूलका मूख्य खेलाडीलार्इ घार्इते बनार्इदियो । ३० अाैं मिनेटमा रियलका सर्गियो रामोसले ट्याकल गरेपछि लिभरपूलका प्रमुख खेलाडी मोहम्मद सलाहको काँधमा चोट लाग्यो र उनी रूँदै मैदानबाहिर गए । विश्वकपमा छनोट भएको इजिप्टका यी खेलाडीले घार्इते भएपछि अाँशु रोक्नै सकेनन् । खेलको ३६ अाैं मिनेटमा मड्रिडका डिफेन्स ड्यानी कार्बाल पनि घार्इते भए, उनीपनि रूँदै मैदानबाहिर गए ।

मड्रिडका सर्गियो रामोसले ट्याकल गरेपछि घार्इते भएका लिभरपूलका मोहम्मद सालेह ।
पहिलो हाफको ४२ अाैं मिनेटमा बेञ्जेमाले लिभरपूलको पोस्टमा बल छिराए, तर रेफ्रिले मान्यता दिएनन् । रोनाल्डोको हेड बललार्इ लिभरपुलका गोलरक्षक क्यारिसले रोकेका थिए । तर, बल रिबाउन्ड भएपछि फेरि बेञ्जेमाले प्रहार गरे, तर उनी अफसार्इड पोजिसनमा थिए ।
पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफको ५० अाैं मिनेटमा लिभरपूलका गोलरक्षक क्यारियसले गल्ती गरे । समातेको बल हातले पास दिने क्रममा बेञ्जेमाले बललार्इ रोकि लिभरपूलको पोस्टमा बल छिराए । ५५ अाैं मिनेटमा लिभरपूलले पनि कर्नरमार्फत गोल ग-यो । लिभरपुलका लोभ्रेनले हेड गरेपछि उपलब्ध बललार्इ मानेले गोलमा परिणत गरिदिएका थिए ।
लिभरपुलका गोलरक्षक क्यारियस, जसले रियलका दुर्इ प्रहारलार्इ असाधारण गल्ती गर्दै गोलमा परिणत गरिदिएको खेल विश्लेषकहरू बतार्इरहेका छन् ।
दोस्रो हाफमा मैदान छिरेका ग्यारेथ बेलले खेलमा सनसनी मच्चाए । ६३ अाैं मिनेटमा उनले मड्रिडका लागि उत्कृष्ट गोल गरि क्लबलार्इ अग्रता दिलाए । यस्तै, ८३ अाैं मिनेटमा पुन : बेलले गरेको प्रहार लिभरपुलका गोलरक्षक क्यारियसले नियन्त्रण गर्न सकेनन् । हातबाट बल फुस्काएपछि त्यो गोलमा परिणत भयो ।

मड्रिडका बेले, खेलको दोस्रो हाफमा मैदान छिरेका उनले ६३ र र ८३ अाैं मिनेटमा गोल गर्दै क्लबलार्इ लगातार तेस्रो पटक च्याम्पियन्स लिग कब्जा गर्न मद्दत गरे ।
लिभरपूलका मानेले ७० अाैं मिनेटमा गोल गर्ने कोशिस गरेपनि उनको प्रहार पोस्टभन्दा बाहिरबाट प्याराफिटतर्फ गयो ।
यसरी, झन्डै एक दशकपछि च्याम्पियन्स लिगको फार्इनलमा प्रवेश गरेको लिभरपूलले लगातार तेस्रो पटक रियल मड्रिडलार्इ उपाधि जिम्मा लगायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया