टी-२० विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

लोकपथ
1.8k
Shares

काठमाडौं । अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी-२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् ।

समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ । जिम्बाम्वेमा हुने तय भएको समूह ‘बी’ मा जिम्बाबेसहित हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवान्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यो समूहका ८ देखि १८ जुलाईसम्म हुनेछ ।

ग्लोबल छनोटबाट दुवै समूहका शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । आयोजक अस्ट्रेलिया, साबिक विजेता न्युजिल्यान्ड, उपविजेता पाकिस्तान, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले भने विश्वकपको सुपर १२ मा स्थान बनाइसकेका छन् ।

वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले भने विश्वकपमा स्थान बनाउन ग्लोबल छनोटबाट आएका चार टोलीसँग खेल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?