बुधबार सुनचाँदीको मूल्य बढ्यो

लोकपथ
260
Shares

काठमाडौं । आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० र चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?