संस्थापन इतरको बैठक : पौडेल पुगे, आएनन् अन्य आकांक्षी

लोकपथ
780
Shares

काठमाडौं । पार्टीको १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसेको छ ।

बत्तिसपुतलीथित अनुपम फुडल्याण्डमा जारी बैठकमा सभापतिका आकांक्षीहरु नै अनुपस्थित भएका छन् । बिहान साढे ९ बजेका लागि बैठक आह्वान गरिएको थियो । बैठकमा वरिष्ठ नेता पौडेल पुगेपनि अन्य आकांक्षीहरु भने नपुगेपछि पौडेल स्वंय बैठकबाट बाहिरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार आकांक्षी बिना नै बैठक चलिरहेको छ ।

यसअघि सोमबार र मंगलबार बैठक बसेको थियो । तर कुनै टुंगो नलागेपछि निर्णायक छलफलका लागि आज बैठक बोलाइएको थियो । मंगलबारको बैठकबाट महामन्त्री डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेललाई सघाएर अघि बढ्ने बताएका थिए । यता नेता पौडलसहित प्रकाशमान सिंह र डा. शशांक कोइराला आकांक्षी रहेका छन् ।

यता सभापति शेरबहादुर देउवा पक्षले पनि पदाधिकारी छनोटका लागि बैठक बोलाएको छ । यसअघि नै देउवाले सभापतिमा उठ्ने घोषणा गरिसकेकाले अन्य पदाधिकारीको टुंगो लगाउनका लागि आजको बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?