रातो कार्डको वर्षा : एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

लोकपथ
1.3k
Shares

काठमाडौं । एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको अन्तिम १६ मा पुगेको हो।

एन्टोनी ग्रीजम्यानले खेलको ५६ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

Champions League: Atletico Madrid and Porto tempers flared on a matchday  where everybody was seeing red - CBSSports.com
खेलको ७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि पोर्टो पनि १० खेलाडीमा सिमित भएको थियो । खेलको ७५ औं मिनेटमा मार्चेसिनले रातो कार्ड पाएपछि पोर्टो ९ खेलाडीमा समेटिएको थियो ।

खेलको ९० औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई २-०को अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा पाउलले गोल गर्दै एट्लेटिकोलाई ३-० को अग्रता दिलाए ।

Wendell given red card for 'elbowing' Cunha in Porto v Atletico - carnage  follows | GiveMeSport

त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा पोर्टोका ओलिभिएराले एक गोल फर्काएपनि एट्लेटिको ३-१ ले विजयी भयो ।

यस जितसँगै एट्लेटिको समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । एट्लेटिकोले ६ खेलमा ७ अंक जोडेको छ ।

पोर्टो ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?