आज पनि पौडेल पक्ष उम्मेदवारको टुंगो लगाउन असफल

लोकपथ
35
Shares

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ ।

मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलीसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । आजै सहमतिको प्रयास भएपनि सहमति नजुटेपछि भोलिसम्मको भाखा राखिएको हो ।

महाधिवेशनबाट काँग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलीसाँझसम्म आफूहरु पक्षले सहमतीमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।

त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दावी गरे । वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली काँग्रेसको रुपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरुले आज विभिन्न कोणबाट छलफल ग¥यौं । हामी सहमतीको निकै नजिक पुगेका छौं । हाम्रो निर्णय भोलीसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । हामीले विभिन्न कोणबाट छलफल ग¥यौ र अवको चुनौतिको सामना कसरी हामी गर्छोै । महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौं । सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिकननजिक पुगेका छौं । केही प्रक्रिया पूरा गर्न बाँकि छ । त्यो प्रक्रिया पूरा गरेर हामी भोली साँझसम्म साझा उम्मेदवारको निर्णय सार्वजनिक गर्छौं ।’

नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसीर २४ गतेबाट काठमाडौंमा सुरु हँुँदैछ । वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकांक्षी रहेका छन् । वरिष्ठ नेता पौडेलले भने सहमतिमै उम्मेदवारी दिनेगरी सहमतिको नजिक पुगिएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?