गौचन हत्या : प्रविधिमा प्रहरीलाई अपराधीको चुनौती

काठमाडौँ, २५ असोज- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सोमबार गोली हानेर हत्या गरेपछि देशका ठूला निर्माण व्यवसायीहरूलाई फोन आयो । गौचनकै जस्तो हालत बनाइदिने भन्दै फोन गर्नेहरूले निर्धक्क करोड रुपैयाँ माग्दै धम्क्याएका छन् । यसबाट देशका व्यवसायीहरू आतंकित भएका छन् ।गौचनको हत्या गर्नेहरूले प्रहरी अधिकारीहरूलाई फोन गरी घटनाको जिम्मेवारी लिए । प्रहरीले उनीहरूको फोन सुन्नेबाहेक केही गर्न सकेको छैन । धम्की दिनेले प्रहरीले पत्ता लगाउन नसक्ने गरी इन्टरनेट कलमार्फत फोन गरेका छन् । इन्टरनेट कलको अनुसन्धान गर्ने प्रविधि नेपाल प्रहरीसग छैन । प्रविधिमा प्रहरीभन्दा अपराधीहरू अगाडि हुँदा प्रहरी निरीह बन्न पुगेका छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?