च्याम्पियन्स लिग : पोर्टो, मिलान र एथ्लेटिकोलाई जित्नै पर्ने दबाब

लोकपथ
104
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज ९मंगलबार० समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् । आज राति समूह ४ का ८ खेल हुँदैछन् ।

समूह ‘ए’ को खेलमा पेरिस सेन्ड जर्मेन ९पीएसजी० ले क्लब ब्रुगको सामना गर्दा यसै समूहको आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल नेपाली समयअनुसार राति साडे ११ बजे हुनेछ ।

समूह ‘ए’ बाट सिटी १२ अंकसहित विजेता तथा पीएसजी ८ अंकसहित उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनाइ सकेका छन् । लाईपजिग र क्लब ब्रुग समान ४ अंक बनाउँदा प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

राति नै हुने समूह ‘बी’ को खेलमा एफसी पोर्टोविरुद्ध एट्लेटिको म्यड्रिड प्रतिस्पर्धा गर्दा एसी मिलान र लिभरपुल भिड्ने छन् । दुबै खेल नेपाली समय अनुसार पौने २ बजे सुरू हुनेछ ।

समूह ‘बी’ बाट लिभरपुलले १५ अंकसहित यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ । यता, नक आउट चरणका लागि ५ अंक जोडेको पोर्टो, समान ४ अंक जोडेका एसी मिलान र एथ्लेटिको म्यड्रिड तीनै वटाको सम्भावना उत्तिकै छ ।

दुबै खेल बराबरीमा सकिए पोर्टोले उपविजेताको रुपमा प्रि(क्वाटरफाइनलमा स्थान बनाउनेछ । यदि लिभरपुलसँग मिलान पराजित भए वा पोर्टो र एथ्लेटिकोबीचको खेलमा हार जित भए जित्नेटिम अन्तिम १६ मा पुग्नेछ ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सीपीको सामना गर्दा बोरुसिया डर्टमुन्डले बेसिक्ताससँग खेल्नेछ । यी दुबै खेल नेपाली समयअनुसार पौने २ बजे नै सुरू हुने छन् । समूह ‘सी’ बाट १५ अंक बनाएको आयाक्स र ९ अंक बनाएको स्पोर्टिङ सीपीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

यता, ६ अंकको डर्टमुन्ड र विना कुनै अंक पुछारमा रहेको बेसिक्तास समूह चरणबाटै बाहिरिसकेको छन् । समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टरमिलानसँग तथा सख्तर डोनेस्कले एफसी सेरिफसँग प्रतिस्पर्धा गर्नेछ । यी खेल पनि राति पौने २ बजे नै हुनेछ ।

समूह ‘डी’ बाट १२ अंकको रियल र १० अंकको इन्टरले अन्तिम १६ मा स्थान बनाउँदा ६ अंकको सेरिफ र १ अंकको सख्तर समूहबाटै बाहिरिसकेका छन् । अन्य समूहको खेल बुधबार राति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?