२ माघ २०७८, आईतवार

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

२०७८,मङ्सिर,२१,मंगलवार १६:३४

63
Shares

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।

भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयअनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार वीरगञ्जको शंकराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।

नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रजिअ ढकालले जानकारी दिए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२१,मंगलवार १६:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुर । प्रदेश नं २ सरकारले महेन्द्र नारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि र दलित सशक्तीकरण नियामावली स्वीकृत गरेको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विशेष तथा समपुरक आयोजनाहरु राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको

जनकपुरधाम । प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६