राष्ट्रियसभा सदस्य पन्तद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

RSS
182
Shares

काठमाडौं । नेपाली कांग्रेस का युवा नेता प्रकाश पन्तले पार्टीको १४औँ महाधिवेशनमा अपांगतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी  दिने घोषणा गरेका छन् । उनले लोकतन्त्रवादी, अपांगता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपांगतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीको ऐतिहासिक महाधिवेशनको सुखद अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभा सदस्यसमेत रहका नेता पन्थले अपांगता भएका व्यक्तिको आत्मसम्मानका लागि कार्यकर्ताको सदासर्वदा साथ सहयोग पाउँदै आएको अवगत गराएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनौँ मुद्दा, सवाल अझै सम्बोधन र सुनिश्चित् हुन नसकेको उल्लेख गर्दै उनले संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि जोड दिए । अपांगता भएका व्यक्तिको आफ्नै कठिन भोगाइ र सिकाइलाई कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपांगता भएका व्यक्तिको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपांगता व्यक्तिको अधिकार प्राप्तिका लागि आफनो उम्मेद्वारी भएको उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?