काठमाडौ : नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नं. १ बाट सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका महामन्त्री भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी थालेका हुन् ।
लामो समयदेखि नविसंघको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसका पूर्वसभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्री भइसकेका छन् ।
त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीति थालेका भट्टराई पार्टी राजनीतिमा ‘सवल कांग्रेस र समृद्ध नेपालका लागि राजनीति’ भन्ने नारासहित केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

त्रिविबाटै समाजशास्त्र विषयमा प्रथम श्रेणीमा उत्तीर्ण भएका भट्टराई द्वन्द्व, शान्ति र विकासमा विद्यावारिधि गरिरहेका छन् । १४औं महाधिवेशन नजिकिरहँदा नेविसंघका दर्जनौँ युवा नेताहरुले पार्टी राजनीतिमा आकांक्षा देखाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया