वीपी जन्मिएकाे भूमिमा पुगेर नेता केसीले भने- ‘कार्यकर्ताको भावनाअनुसार अघि बढ्छु’

लोकपथ
299
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले पार्टीको संगठनलाई चलायमान र सशक्त बनाउन जरुरी रहेको बताएका छन् ।

देश र पार्टी द्विविधाग्रस्त बाटोमा जान खोजेको उल्लेख गर्दै केसीले वीपी कोइराला जन्मेको माटोको कसम खाएर आफू नेता कार्यकर्ताको भावनाअनुसार अघि बढ्न चाहेको बताए ।

बागमती प्रदेशको चुनावमा पराजित भएपछि कार्यकर्ता भेटघाटका लागि सिन्धुली पुगेका उनले भने, ‘तपाईंहरु बीपी कोइराला जन्मेको माटोको साथीहरु हुनुहुन्छ । वीपीले भन्नुभएको छ, तपाईंलाई कुनै द्विविधा भयो भने एक पटक आफूमुनीको माटो समातेर, छातीमा राखेर त्यसले जे भन्छ त्यही गर्नुस् भन्ने उद्घोष गर्नुभएको थियो । मैले आज मुलुक र पार्टी त्यस्तै द्विविधाग्रस्त अवस्थामा जान खोजेको छ । त्यो बेलामा पहिलो मेरो परिस्थिति यो माटोलाई समातेर, छातीमा राखेर मैले देखेका द्विविधालाई यो माटोले जे भन्छ त्यही गर्ने पक्षमा अगाडि बढ्न खोजेका हुँ ।’

उनले सिन्धुलीबाटै माटोलाई छोएर अगाडि बढ्न तथा आफूलाई मत दिनेलाई धन्यवाद दिन आफू यहाँ आएको पनि बताए । वीपीले भनेजस्तै बेलामौकामा पार्टीभित्र सुकिला मुकिला हावी हुने परिस्थिति बनेपनि सँगसँगै निष्ठाका लागि कार्यकर्ताहरु एकढिक्का हुनुपर्ने पनि बताए ।

उनले वीपीले प्रतिपादन गरेका सैद्धान्तिक आधार जोगाउन पार्टीको केन्द्रीय महाधिवेशनले सही नेतृत्व चुन्नुपर्ने पनि बताए । उनले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?