गगन अयडी, धनगढी । प्रदेश नम्बर ७ का विभिन्न जिल्लाहरुबाट धनगढी आएका उद्योग, व्यवसायीहरुले भारतीय उत्पादनले समस्या ल्याएको बताएका छन् । विभिन्न तालिम सिकेर व्यवसायी बनेका उनिहरुले भारतबाट आयातीय कम गुणस्तर र सस्तो सामाग्रीले प्रदेशका उद्योगका उद्पादनलाई प्रतिस्प्रर्धा गर्न कठीन भएको बताएका छन् । प्रदेशको अस्थायी मुकाम धनगढीमा उद्योग मन्त्रालयले विभिन्न उद्योग सञ्चालकहरुलाई ल्यायर स्टल सहित अन्तरक्रृया कार्यक्रम गरेको छ ।
प्रदेश नम्बर ७ का विभिन्न जिल्लाहरुबाट उद्योगका उद्पादनहरु धनगढीमा ल्याईएको छ । उद्योग सञ्चालकहरुले प्रदेश नम्बर ७ सँग भारत नजिक भएकाले भारतीय उत्पादनले बजार धान्दा आफुहरुलाई प्रतिस्प्रर्धामा चुनौति रहेको बताएका छन् । खरायोको रौबाट बनेका सामाग्री ल्यायर धनगढी आएका दार्चुलाका धिरसिँह कार्कीले भारतका बजारमा समेत सामान बिक्री हुँदै आएको बताए । मह उद्पानद गर्दै आएका मह व्यवसायीहरुले भारतबाट आउने महले व्यवसायीमा चुनौति रहेको बताए । बजारमा आउने गुणस्तर हिन महको उपभोक्ताहरु समेत सचेत हुनु पर्ने उनिहरु बताउछन् ।

गलैचा व्यवसायी व्यासगाउपालिकाका पुजा तिंकरीले व्यवसायीबाट राम्रो आम्दानी हुने गरेको बताए । दार्चुलाको सिमाना नजिक भएकाले भारतको धार्चुला, जुम्ला तिर गलैचा बिक्री हुने गरेको बताए । वर्ष दिन भरी व्यवसायीबाट घर खर्च पुगेको उनले बताए । बैतडी पाटन नगरपालिकाका दिपा पौडेलले जेनिसा हाते होजियारी सञ्चालन गरेको बताए । उनले हाते उद्योथ सम्बाध्नी तालीम समेत दिने गरेको जानकारी दिए । हाते बुनाई बाट राम्रो आम्दानी हुने गरेको भन्दै उहाँले घर खर्चका लागि पुगेको सुनाए । चिउरीबाट निर्माण गरीएको बैतडी सबुन समेत स्टल कार्यक्रम स्थलमा रहेको छ । बैतडीमा निर्माण हुने चिउरी साबुनले बैतडीको पहिचान दिएको छ । प्रदेश नम्बर ७ का विभिन्न उत्पादनहरु धनगढी ल्याइएको छ । प्रचारप्रसार र बिक्रीका लागि सामाग्री धनगढी ल्याईएको हो । गचैचा, बेद, बासबाट बनेका सामाग्री, स्थानीय स्थरमा उत्पादन गरीएका विभिन्न बाजा, काठका विभिन्न सामाग्रीहरुका स्टल कार्यक्रममा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया