सुनचाँदीको मूल्यमा गिरावट, कतिमा कारोबार हुँदै छ ?

लोकपथ
455
Shares

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २०० र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ नै कायम भएको छ । सोमबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?