सय शैय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउने : मन्त्री पौडेल

RSS
91
Shares

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन् ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने, ‘मापदण्ड पुगेका कलेजले पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ ।’

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो ।पिसिएल नर्सिङ् अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले अहिलेका लागि ऐन बाहिर गएर काम गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?