प्रिमियर लिग : इभर्टनसँग आर्सनल पराजित

लोकपथ
273
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल इभर्टनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा इभर्टनले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ७९ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै इभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गर्दै इभर्टनलाई २-१ को जित दिलाए ।

यस जितसँगै इभर्टनले १५ खेलमा १८ अंक जोड्दै १२ औं स्थानमा रहेको छ । आर्सनल २३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?