शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गर्न साझा उम्मेदवार तय गर्ने प्रयासमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरु जुटेका छन् । सो क्रममा सोमबार नेताताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालाबीच छलफल भएको छ ।
१४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि उनी छलफलमा जुटेपनि सहमतिभने हुन नसकेको एक नेताले बताए । छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति भने नभएको छ । बैठकमा चारै नेताले आफ्नो दावी पेश गरेका थिए ।
आजको बैठकमा साझा उम्मेदवारबारे साझा धारणा बन्न नसकेपनि पुनः बैठक बसेर सहमति जुटाउन पहल गरिने एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया