मृत सागरमा ब्रह्माण्ड सुन्दरीको रमाइलो (फोटो फिचर)

लोकपथ
975
Shares

अर्को साता आयोजना हुने मिस युनिभर्स (ब्रह्माण्ड सुन्दरी) प्रतियोगिताका प्रतियोग सुन्दरीहरू पहिलो पटक डेड सी (मृत सागर) मा फाेटाे सेसनकाे रमाइलो गर्न प्रस्तुत भए ।

कोभिड–१९ को नयाँ भेरिएन्ट देखा परेपछि इजरायलले विदेशीको आगमनमा कडाइ गरे पनि ब्रह्माण्ड सुन्दरीका सहभागीहरूलाई केही खुकुलो नियम बनाएको थियो । फ्रान्सबाट सहभागी भएकी एक सुन्दरीमा कोभिड–१९ देखा परेपछि प्रतियोगिताको आयोजना नै शङ्कास्पद बनेको थियो । आयोजकले फ्रान्सका सुन्दरीलाई क्वारेनटाइनमा १० दिन राखेर बाँकी सुन्दरीहरूलाई प्रत्येक ४८ घण्टाको अन्तरालमा पिसिआर परीक्षण गर्न थालेपछि अहिले प्रतियोगितामा रहेको द्विभिदा हटेको छ ।

८० राष्ट्रका सुन्दरीहरूले सहभागिता गरेको यो प्रतियोगिता आगामी डिसेम्बर १२ मा ग्राण्ड फिनाले हुने कार्यक्रम रहेको छ । यो बिचमा सहभागी सुन्दरीहरूले आन्तरिक रूपमा विभिन्न उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
तस्विरहरुः बिभिन्न एजेन्सीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?