कामना सेवाले ‘कामना सेवा फुटसल कप २०२१’ को आयोजना गर्दै

लोकपथ
130
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले पुसको दोस्रो हप्ता पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताको आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (ANFA) फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथाबिमा क्षेत्रकाकर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवर्द्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक विश्वेश्वर सुवेदीले बताए । उक्त कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?