प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक पार्टी कार्यालय जाँदै

लोकपथ
728
Shares

काठमाडौं । कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आज सोमबार पहिलोपटक केन्द्रीय कार्यालय जाने भएका छन् ।

देउवाले १४ औं महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन उनी कार्यालय जान लागेका हुन् ।

बैठक आज दिउँसो साढे चार बजे बस्दैछ । देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् ।

देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि केन्द्रीय कार्यालय गएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?