उतारचढावका बीच सेयर बजारमा हरियाली छायो, कारोबार रकममा पनि वृद्धि

लोकपथ
221
Shares

काठमाडौं । आज (सोमबार) भने सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको सुरुदेखि नै ओरालो लागेको बजार घटेर २४ सयको बिन्दुमा झरेको थियो । इन्ट्रा डे मा बजार घटेर २४४० को बिन्दुमा पुगेको थियो । कारोबार खुलेको एक घण्टा अर्थात् १२ बजे २४४० को बिन्दु पुगेर फर्किएको बजार उतारचढावको बीच अन्त्यमा हरियाली बनेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०८ बिन्दुमा पुगेको छ । आज नेप्से १.२८ प्रतिशतले बढेको हो ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९७ बिन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै सूचकमा हरियाली छाएको छ । सोमबार विकास बैंकका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यो समूहको सेयर मूल्य ३.४५ प्रतिशतले बढेको छ । त्यसैगरी, हाइड्रोपावर समूहको २.८८ प्रतिशत र फाइनान्स समूहको २.५४ प्रतिशतले बढेको छ ।

आज मेरो माइक्रोफाइनान्स लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, शाहस उर्जा कम्पनी, महुली सामुदायिक लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यता जनउत्थान लघुवित्त, न्यादी हाइड्रोपावर, युनिलिभर नेपाल लगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज कारोबार रकममा समेत वृद्धि हुँदा नबिल बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले १७ करोड १५ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीले १५ करोडभन्दा बढीको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?