केन्द्रीय सभापति लड्ने तयारीमा रहेका शेखरलाई विधान नै थाहा नभएपछि…

लोकपथ
15.7k
Shares

विराटनगर । संस्थापनइतरका नेताहरु नै मतदान प्रक्रियामा सहभागी नभएको भन्दै कार्यकर्तामाझमा आलोचना भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको आंकाक्षीसमेत रहेका नेता कोइरालाले सामाजिक सञ्जालमा लेख्दै माफी मागेका हुन् ।

नेता कोइरालासहितका संस्थापनइतरका नेताहरुले मतदान प्रक्रियामा सहभागी नभएपछि आफ्नै प्यानलका घिमिरे दुई मतले पराजित भएका थिए ।

ट्वीटरमार्फत माफी माग्दै नेता कोइरालाले लेखेका छन, ‘कांग्रेस १४औँ महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने या नपाउने विषय सुरुदेखि नै संशय थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपयुक्त ठानेँ। यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’

नेता कोइराला आगामी महाविधेशनमा परिआए केन्द्रीय सभापतिको टार्गेटमा छन् । तर पार्टीको सभापतिको दाबी गर्ने नेतालाई नै पार्टीको विधान थाहा नहुनु लज्जाको विषय भएको कतिपयको टिप्पणी रहेको छ ।

नेता कोइरालासहित सुजाता कोइराला, महेश आचार्य समेतले मतदान गरेनन् भने यता प्रदेश सभापतिका उम्मेदवार गुरुराज घिमिरे २ मतले मात्रै पराजित भए । युवाहरुमा राम्रो छाप छाडेका घिमिरेलाई हराइएको भन्दै अहिले सामाजिक सञ्जालमा कोइरालासहितका नेताहरुको चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?