मेस्सी चम्किँदा अर्जेन्टिना विश्वकपमा छनोट

एजेन्सी, २५ असोज—विश्वकपको उपविजेता अर्जेन्टिना रसियामा हुने विश्वकपमा छनोट भएको छ । इक्वेडरलाई ३—१ गोल अन्तरले हराएसँगै अर्जेन्टिना विश्वकप छनौट भएको हो । इक्वेडरमा भएको महत्वपूर्ण खेलमा अर्जेन्टिनी कप्तान लिओनल मेस्सी चम्किए । उनले ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।खेलमा इक्वेडरले पहिलो मिनेटमा गोल गरेको थियो । तर, मेस्सीले १२ औं मिनेटमा बराबरी गोल गरे भने २० औं मिनेटमा दोस्रो र ६२ औं मिनेटमा पनि गोल गर्दै ह्याट्रिक गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?