राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले सम्हाले कार्यभार

लोकपथ
260
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन् ।

सोमबार नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले सोमबार पदभार ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उनले निवर्तमान अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताएका थिए । शपथ ग्रहण कार्यक्रममा उनीसँगै पराजित भएका कमल थापा भने उपस्थित रहेका थिएनन् ।

थापाले लिङ्देनलाई राजाको समेत समर्थन रहेको आरोप लगाउँदै शपथ ग्रहण कार्यकममा समेत उपस्थित रहेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?