कुमारी बैंकले ल्यायो ईएमआईबाट फोनलोन भुक्तानी गर्न सकिने सुविधा

लोकपथ
169
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मदत पुऱ्याउने हेतुले गतवर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको थियो ।

यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागि कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा EMI मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन EMI सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजारदेखि अधिकतम २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुनै धितो वा कागजी प्रक्रियाबिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ति गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले व्यक्त गरे।

यसको अतिरिक्त उक्त योजनाअन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

आगामी दिनहरुमा यस फोनेलोअनलाई अझ विस्तारित र विकसित गर्दै लगिने कुरा कुमारी बैंकका Chief Digital Banking अनिष ताम्राकारले व्यक्त गरे।

आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७७ एटीएम, ३६ शाखारहित बैंकिंङ एकाइ तथा १४ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?