काठमाडौं । सरकारको सिफारिसमा परेको तीन देशका राजदूतहरुको आज संसदीय सुनुवाइ हुँदै छ ।
भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ हुन लागेको हो । बिहान प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा बैठक बस्दै छ । यसअघि पनि सुनुवाइका लागि मंसिर ५ गतेको समय निर्धारण गरिएको थियो तर कोरम नपुगेका कारण मंसिर १७ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । तर उक्त बैठकमा पनि कोरम नपुगेपछि आज बैठक बस्न लागेको हो ।
गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो । समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुग्दै सुनुवाइ नै हुन सकेको छैन ।
सरकारले सिफारिस गरे पनि संसदीय समितिले सुनुवाइ गरेपछि मात्रै राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया