यू-१९ क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

लोकपथ
147
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपाली टिमले बुधबारबाट प्रशिक्षण सुरु गर्ने छन् । एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनबरी २ तारिखसम्म हुने तालिका रहेको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :

देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुज कुमार चुनारा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही, आदील अन्सारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?