कांग्रेस महाधिवेशन : महामन्त्रीमा एनपी साउदको दाबी

लोकपथ
189
Shares

कैलाली । कञ्चनपुर क्षेत्र नम्बर २ का पूर्वसांसद तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदको केन्द्रीय महामन्त्रीमा उम्मेदवारी रहेको भन्दै उनको सचिवालयले चुनावी पोस्टर सार्वजनिक गरेको छ।

उम्मेदवारीका विषयमा साउदले सार्वजनिक रुपमा नबोले पनि उनको सचिवालयले आइतबार महामन्त्री पदका उम्मेदवार लेखिएको चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको हो।

साउद पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। उनले महामन्त्री लढ्ने मनस्थितीका साथ काठमाडौंमा सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?