काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई पक्राउ गर्न छानबिन समितिले सबै शक्ति लगाउने भएको छ ।
समितिले खत्रीसहित फरार ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन –इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।
खत्रीसहित मोहनकुमार अग्रवाल, रमेश उप्रेती, चेतन भण्डारी, हरिशरण खड्का, छिरिङ बाङ्गेल गुरुङ र सुनिल अग्रवाल फरार छन् । उनीहरु विरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।
केहि दिन अघि पक्राउ परेका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले पनि बयानका खत्रिलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए । यद्यपी उनी धेरै बोल्न मानिरहेका छैनन् ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । खत्रीले नै सुनको सम्पूर्ण व्यवस्थापन गर्ने गरेको बताइन्छ । त्यतिबेला खत्री एयरपोर्ट भन्सारमा कार्यरत थिए ।
यसअघि एसएसपी मिरा चौधरी कमाण्डको तत्कालिन सीआईबीको टोलीले पक्राउ गरेको ३४ किलो सुनमा पनि खत्री दोषी पाइएका थिए ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट पछि अदालतले सफाई दिएको थियो ।
छानबिन समिति स्रोतका अनुसार उनीहरु भागेर नेपाल बाहिर पुगि सकेका छन् ।
सुन तस्करका भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ केजी सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो ।
सो प्रकरणपछि बनेको छानबिन समितिको प्रतिवेदनका आधारमा ९ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
छानबिन समितिको म्याद जेठ समान्तसम्मको लागि रहेको छ भने अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया