काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले जिनोआलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन हुवाँ क्वार्डाडो र पाउलो डिबालाले समान एक एक गोल गरे।
जितसँगै युभेन्टसले १६ खेलमा २७ अंक जोड्दै लिगको पाँचौं स्थानमा उक्लिएको छ । जिनोआ १० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया