एमालेको जनाधार बलियो छ भन्ने पुष्टि भयो : भट्टराई

लोकपथ
42
Shares

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । नेकपा (एमाले) महाधिवेशन प्रचार सहयोग समिति चितवनको आज भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए ।

जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे ।

उनले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएको भन्दै पूर्वमाओवादीका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएको बताए । महाधिवेशनले एमालेको नेतृत्वमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान र एमाले जबरजस्त जनताबीचमा छ भन्ने पुष्टि गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?