बागमती प्रदेशमा देउवा पक्षीय बानियाँ विजयी, केसी पराजित

लोकपथ
1.7k
Shares

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्षीय उम्मेदवार इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ विजयी भएका हुन । बानियाँले १०८५ मत ल्याए भने केसीले ९२७ मत पाए । खसेको २०२५ मतमध्ये १३ मत बदर भयो ।

पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कसैको पनि ५० प्रतिशत बढी मत प्राप्त नभएपछि शीर्ष दुई मत ल्याउने केसी र बानियाँबीच दोस्रो चरणमा आज प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको मतदानबाट सबैभन्दा कम मत ल्याएका भीमसेन दास प्रधान प्रतिस्पर्धाबाट बाहिरिएका थिए भने सिटौला समूहका उनले त्यसपछि बानियाँलाई समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?