बागमतीमा मतगणना सुरु

लोकपथ
322
Shares
फाइल तस्बिर

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ । निर्वाचनमा इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच भिडन्त छ ।

हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साँझ साढे पाँच बजे सम्पन्न भएर आवश्यक प्रक्रिया पुरा गरेर ७ बजेदेखि मतगणना सुरु गरिएको हो ।

शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुनः मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?