यी हुन–‘काठमाडौंका छ जना उत्कृष्ठ प्रहरी’

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ठ कार्य गर्ने प्रहरी जवानदेखि डिएस्पीसम्म ६ जनालाई ‘काठमाडौं प्रहरी अवार्ड’ प्रदान गरेको छ ।

महानगरीय  परिसर काठमाडौं र नेपाल बंगलादेश बैंकले काठमाडौं परिसर अन्तरगत विभिन्न युनिटमा कार्यरत जवानदेखि डिएस्पीसम्म उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई अवार्ड प्रदान गर्ने सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुसार, शुक्रवार परिसर कार्यालय टेकुमा आयोजित एक विशेष कार्यक्रममा बैशाख महिनाभरि उत्कृष्ट काम गर्ने ६ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार सहित काठमाडौं प्रहरी अवार्ड प्रदान गरिएको हो ।

प्रहरी अवार्ड पाउनेहरुमा महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्री र गौशाला वृत्तका प्रमुख अनुपम श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ । त्यस्तैं, प्रहरी निरीक्षकतर्फ महानगरीय प्रहरी प्रभाग बलम्बु प्रमुख प्रहरी निरीक्षक शर्मिला गुरुङ र प्रहरी निरीक्षक पुष्कर बोगटीलाई पनि संयुक्त रुपमा प्रदान गरिएको छ ।

प्रहरी नायब निरीक्षक टेकबहादुर कुँवर, प्रहरी सहायक निरीक्षक शिव कट्टेल र प्रहरी जवान अर्जुन सेठ्ठीले अवार्ड पाएका छन् ।

प्रहरी नायब उपरीक्षकहरुलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार पुरस्कार राशी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?