आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा

लोकपथ
91
Shares

काठमाडौं ।आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आई.एम.ई.लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरिय सेवाग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरुलाई दिने विश्वास कम्पनीले लिएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आई.एम.ई. लाइफ इन्स्योरेन्सले आजभन्दा एक बर्ष पहिला आजकै दिनबाट च्याटबोट सेवा उपलब्ध गराएको हो । एक बर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनिले जनाएको छ । थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको छ ।

बितेको एक बर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधिमैत्री समाजमा अत्यन्त उपयोगी रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?