‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’ : पूर्वमन्त्री बीना मगर

RSS
598
Shares

कञ्चनपुर । पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताएकी छिन् ।
नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताइन् । उनले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर गरिन् ।

संघर्षको बलमा जनपक्षीय एजेण्डा स्थापित भएको चर्चा गर्दै उनले उपलब्धिको रक्षाका लागि माओवादीले नेतृत्व पाउनुपर्ने बताइन् । ‘माओवादी जनताको आशा भरोसाको केन्द्रका रुपमा रहेको छ’, उनले भनिन्, ‘पार्टीलाई बलियो बनाउनेदेखि सिंगो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताको अझै योगदानको खाँचो रहेको छ ।’

देश र जनताका लागि बदिलान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा(माओवादी केन्द्र) मात्रै रहेको उनको जिकिर थियो । लडेर ल्याएको एजेण्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै उनले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?