सेयर बजारमा ७२.३२ अंकको गिरावट, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

लोकपथ
481
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) भारी अंकको गिरावट आएको छ । अघिल्लो साता १४५.५९ अंकले गिरावट आएको बजारमा यस साताको पहिलो कारोबार दिन नै ७२ अंकको गिरावट आएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ बिन्दुमा झरेको छ । आज नेप्से २.८० प्रतिशतले घटेको हो ।

यता सेन्सेटिभ परिसूचक पनि १४.१७ अंकले घटेर ४७३.३५ बिन्दुमा पुगेको छ ।

बजार घटे पनि गत बिहिबारको तुलनामा कारोबार रकम भने बढेको छ । आज कुल २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहको सेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ । त्यसैगरी व्यापार समूहको ४.२९ प्रतिशत, विकास बैंक समूहको सेयर मूल्य ४.२७ प्रतिशतले घटेको छ ।

बजार घट्दा पनि न्यादी हाइड्रोपावर सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४५४.४० रुपैयाँ पुगेको छ ।

यता आईसीएफसी फाइनान्सक लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरेका छन् । कम्पनीको सेयरमूल्य ८.३२ प्रतिशतले घटेर ७४८.१० रुपैयाँमा झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?