फेरिएन विप्लव नेतृत्वको गतिविधि : विद्यार्थीमाथि आक्रमण, नेविसंघको आपत्ति

लोकपथ
77
Shares

काठमाडौं । विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले क्याम्पस हाताभित्र विद्यार्थी नेताहरुमाथि हातपात गरेकोप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

नेपालस्थित ग्रामीण आदर्श क्याम्पसका विद्यार्थी नेताहरुमाथि आक्रमण गरेकोप्रति नेविसंघले आपत्ति जनाउँदै घोर भर्त्सना गरेको हो ।
शुक्रबार विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले ग्रामीण आदर्श क्याम्पसका नेविसंघका नेताहरु शौरभ घिमिरे, महेशमणी पौडेल, प्रविनजंग शाह र माधव बजगाँइमाथि आक्रमण गरेको थियो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शैक्षिक संस्थामा बैचारिक राजनीति नगरी भौतिक आक्रमणमा उत्रिनु निन्दनीय रहेको बताए ।
‘शैक्षिक संस्थामा वैचारिक राजनीतिक नगरी भौतिक आक्रमणमा उत्रिनु दुखद र निन्दनीय घटना हो ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको एक समूहले ग्रामीण क्याम्पसमा प्रवेश गरी विद्यार्थी नेताहरुमाथि आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?