काठमाडौं । अछामको मुख्य ब्यापारी केन्द्र साँफेवगरमा करीव १३ वर्षपछि हवाई उडान परिक्षण गरिएको छ । साँफेवगर विमानस्थल २०६२ सालदेखि बन्द रहेको थियो ।
शुक्रवार समिट एयरको विमानले साँफेवगर विमानस्थलमा सफल परिक्षण उडान गरेको जानकारी साँफेवगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले बताएका हनु ।
नेपालगञ्ज–साँफेवगर, धनगढी–साँफेवगरका अतिरिक्त काठमाडौंबाट–साँभफेवगरसम्म सिधा हवाई उडान गर्न सकिने छ ।
माओवादी जनयुद्धसंगै २०५८ फागुन ४ गते राति माओवादी आक्रमणमा ध्वष्त पारिएको साँफेवगर विमानस्थल सोही समयमको विचमा केही वर्ष सञ्चालनमा आएको थियो ।
तर, टावर र धावनमार्गको समस्याका कारण हवाई सेवा बन्द गरिएको थियो । पछिल्लो समयमा विमानस्थल कालोपत्रे गरिएपछि विमानको सफल परिक्षण गरिएको हो ।
साँफेवगरमा हवाई सेवा पुनः सञ्चालनमा आएसंगै पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पर्यटकीय तीर्थस्थल खप्तड, रामारोशन, बैद्यनाथ धाम, बडीमालिका, बान्नीगढी आदी पर्यटकीयक्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साँफेवगरमा विमान सेवा सञ्चालनमा आएसंगै अछाम, बाजुरा, कालिकोट, डोटी र बझाङवासीलाई समेत सहयोग पुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया