पूर्वयुवराज्ञी हिमानीले दिइन् राजेन्द्र लिङ्देनलाई बधाइ, कमल थापा आक्रोशित

लोकपथ
777
Shares

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाइ तथा शुभकामना दिएकी छिन् ।

हिमानीले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लिङ्देनको उच्च प्रशंसा गर्दै बधाई र शुभकामना व्यक्त गरेकी हुन्।

No description available.

बधाई दिँदै हिमानीले लेखेकी छिन् ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’,राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’

No description available.

हिमानीको उक्त पोष्टबाट रुष्ट भएका कमल थापाले हिमानीलाई मेन्सन गर्दै अब चाँडै राजसंस्था पुनस् स्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाइ तथा शुभकामना भन्दै व्याङय गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?