काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा पुनः निर्वाचन सुरु भएको छ ।
नेपाली कांग्रेसको विधान अनुसार त्रिपक्षीय निर्वाचनमा ५१ प्रतिशत भन्दा बढी मत ल्याएर निर्वाचन जित्नुपर्ने हुन्छ । तर बागमतीमा तीनै उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन भएको हो ।
शनिबार सम्पन्न निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार इन्द्र बानियाँले ९९२ मत ल्याएका थिए । भने अर्का प्रतिष्पर्धी पौडेल पक्षका उम्मेदवार जगदिश्वरनरसिंह केसीले ८७२ र सिटौला पक्षका उम्मेदवार भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका थिए । तर तीनै जनाको निर्णायक मत नआएपछि पुनः निर्वाचन भएको हो ।
यता तेस्रो मत आएपछि प्रधानले संस्थापनका उम्मेदवार बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन् । आज प्रदेश राजधानी हेटौँडामा उनले आफ्नो समर्थन बानियाँलाई रहेको बताउँदै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर पौडेल पक्षका उम्मेदवार केसीले आफूले निर्वाचनमा जाने अडान राखेपछि पुनः निर्वाचन सुरु भएको हो ।
बागतमीमा कुल २ हजार १ सय ५३ जना प्रतिनिधि रहेकोमा शनिबारको निर्वाचनमा २ हजार ८३ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया