काठमाडौं । बालाजुको उत्तरीक्षेत्र तार्केश्वर नगरपालिकाको लामाटारस्थित सुकुम्वासी बस्तीमा पालिएका हाँस र कुखुराहरुमा ‘वर्डफ्लु’ देखा परेको छ ।
पुश सेवा विभागबाट खटिएको विशेषज्ञहरुको टोलीले लामावगरदेखि काभ्रेस्थलीसम्म गरी करीव २५ सय हाँस कुखुरा मारेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख विश्वराज खड्काले विष्णुमति खोला किनाराक्षेत्रमा रहेको सुकम्वासी बस्तीमा पालिएका हाँस र कुखुराहरु भकाभक मर्न थालेपछि विशेषज्ञको टोलीले वर्डफ्लु फैलिएको पुष्टि गरेको थियो ।
पुशचिकित्सक तथा प्राविधिकहरुको टोलीले विहानदेखि नै सो क्षेत्रमा पालिएका कुखुरा र हाँस मारेर गाड्न थालेको हो । विज्ञहरुको टोलीले प्रत्येक घर–घरमा पुगेर कुखुरा र हाँस नियन्त्रणमा लिइ मारेको छ ।
स्थानीय कुखुरा तथा हाँस पालकहरुले सरकारसंग क्षतिपूर्तिको माग गरेका छन् । विशेष गरी तराईबाट झिकाइएका हाँसहरुमा वर्डफ्लु देखा परेको पाइएको छ ।
हाँसबाट वर्डफ्लु कुखुराहरुमा पनि सरेको छ ।
विज्ञहरुका अनुसार, काठमाडौंका पोल्ट्री फर्म तथा कुखुरा पालन गरेको स्थानमा भने वर्डफ्लु देखा परेको छैन ।
तराईका चितवन र नवलपरासीमा समेत कुखुरामा वर्डफ्लु देखापरेको छ । तार्केश्वर नगरपालिकाको खोला किनारामा रहेको लामावगर पारिको सुकुम्वासी बस्तीमा पालिएका हाँसमा वर्डफ्लु देखा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया