कांग्रेस १४औँ महाविधेशन : प्रदेश नं १ को मतगणना सुरु

लोकपथ
1.1k
Shares

विराटनगर। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को मत गणना सुरु भएको छ।

कांग्रेस पार्टी कार्यालय मोरङमा आइतबार दिउँसो १ः५० बजेबाट मतगणना कार्य सुरु भएको हो।

निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मत मणना कार्य सुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम सुरु भएको हो ।

कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि हिजो मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिएपनि उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको बताइएको छ ।

प्रदेश नं १ संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतरबाट कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रतिष्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?