जहाँ प्रत्येक सेकेण्डको महत्व छ, आहा ! कहिले होला नेपालमा यस्तो

मलाई हेडलाइन्स पढेर अनौठो लाग्यो । सुरुमा त सोँचे, लौ अब ‘न्युज राईटर’ को जागिर गयो । किनकि ‘एडिटरहरु’  हामीले किताबमा पढेका बुँदागत ‘रोलमा’ कार्यलयमा मुस्किलैले भेटिन्छन् ।

किनकि उनीहरुहरुले आफ्ना सबै जिम्मेवारी रिपोर्टर आफैँ र कपी एडिटर या आफ्ना ‘मनले खानेहरुलाई’ दिएका हुन्छन् । हेडलाइन्स यस्तो थियो, ‘२५ सेकेण्ड छिटो हिँडेकोमा जापानको रेल कम्पनीद्धारा यात्रुसँग क्षमायाचना ।’ 

………………
मैले काठमाडौँका अधिकांश स्टेसनबाट यात्रुहरुलाई कोचेर, ईटा मिलाएजस्तो मिलाएर, ठेलेर, पेलेर, ठोक्काएर तथानाम बोल्दै गन्तव्यमा लगेर टक्टकाउने गरेको भोगेको / देखेको थिएँ ।

अझ पुरुष यात्रुले महिला यात्रुको संवेदनशील अङ्गमा छुने, पाकेट मार्ने, दुव्र्यवहार गर्ने, जिस्क्याउने जस्ता बग्रेल्ती घटनाहरुको कहिले पिडित त कहिले साक्षी भईसकेकी छु म ।  राजधानी भनिएपनि यस्ता घटना हरेक ‘ट्रिप’ मा भइरहन्छन् । तर असामान्य यी समस्यालाई शहरले ‘सामान्य’ मानेको छ । 

‘सामान्य’ भनेपछि त माफी माग्ने कुरै भएन । कसैले झुकेर माफी मागेको आजसम्म देखेको छैन । उल्टै यहाँ त पिडितलाई छिः छिः र दुर्दुर् गरिन्छ । जिस्क्याईन्छ । 

………………
सुन्दा अचम्म लाग्ने यो समाचार क्लिक गरेँ । लेखिएको थियो, जापानको एक रेल कम्पनीले आफ्नो रेल स्टेसनबाट मात्र २५ सेकेण्ड छिटो हिँडेकोमा आफ्ना यात्रुहरुसँग माफी मागेको छ । 
मात्र २५ सेकेण्डको लागि ? मैले झट्टपट्ट ‘न्युज रुममा’ भएका अरु साथीहरुलाई पनि हेडलाइन्स सुनाएँ । एकजना सहकर्मीले त भनिहाले, ‘समाचार बिकाउने प्रोपोगान्डा होला ।’  
होईन ।

समाचारको तेस्रो अनुच्छेदमा लेखिएको थियो, ‘यसभन्दा अगाडि नोभेम्बरमा पनि स्टेसनबाट मात्र २० सेकेण्ड छिटो निस्केकोमा रेल कम्पनीले यात्रुहरुसँग आफ्नो लापरवाहीका लागि माफी मागेको थियो ।
मैले सोचेँ अहो ! जापान त प्रत्येक सेकेन्डको सम्मान गर्दोरहेछ । प्रत्येक सेकेण्डको सम्मान गरेकाले नै जापान विश्वकै विकसित मुलुकका रुपमा स्थापित हुन सफल भएको रहेछ । बाफ्रे ! 

………………

हामी त सेकेन्डलाई समयको हिस्सासम्म मान्न तयार छैनौँ । अझ भनौँ सेकेन्डमा कन्सर्न नै राख्दैनौँ । किनकि हामीलाई डेढ दुई घण्टा ढिलो हुने बानी परिसकेको छ ।   हरेक काममा घण्टौँ ढिलाई गर्ने, कुनैपनि काम समयसगै नगर्ने अनि ङिच्च दाँत देखाएर नेपाली टाईम हो अलिकति ढिलो त भइहाल्छ नि भन्दै लाज पचाउने बानी परेको छ, हामीलाई ‘बाई बर्थ ।’

हामी त सेकेन्डलाई समयको हिस्सासम्म मान्न तयार छैनौँ । अझ भनौँ सेकेन्डमा कन्सर्न नै राख्दैनौँ । किनकि हामीलाई डेढ दुई घण्टा ढिलो हुने बानी परिसकेको छ ।  
हरेक काममा घण्टौँ ढिलाई गर्ने, कुनैपनि काम समयसगै नगर्ने अनि ङिच्च दाँत देखाएर नेपाली टाईम हो अलिकति ढिलो त भइहाल्छ नि भन्दै लाज पचाउने बानी परेको छ, हामीलाई ‘बाई बर्थ ।’ ………………
यो समाचारले रन्थनिरहेको साता मैले अर्को समाचार फेला पारेँ। शीर्षक थियो, ‘स्विडिस सरकारले देशका सम्पूर्ण ४८ लाख घरहरूमा युद्ध भएका अवस्थामा के गर्ने भन्ने पर्चा पठायो ।’
समाचारमा भनिएको थियो, करिब आधा शताब्दीमा स्विडिस सरकारले सम्पूर्ण जनसङ्ख्यालाई युद्धका लागि तयार रहन भनेर यस्तो पर्चा पहिलो पटक पठाएको हो ।

‘यदि सङ्कट वा युद्ध आएमा’ भन्ने शीर्षक रहेको पर्चामा कसरी आधारभूत आवश्यकताहरू खाना, पानी र तापको जोहो गर्ने, ताप नहुँदा, खाना नभएको अवस्थामा के गर्ने ? सावधानका सङ्केतको अर्थहरू र बमसेल्टर कहाँ भेटिन्छ ? सम्पूर्ण स्रोतहरू जाँच र स्विडेनको ‘पूर्ण प्रतिरक्षा’ मा कसरी योगदान गर्ने आदि व्याख्या गरिएको छ । जनताको घरघरमा बाँडिएको ब्रोसरमा भनिएको छ, ‘यदि तपाईं तयार हुनुभयो भने तपाईंले हाम्रो देशको प्रमुख खतरा सामना गर्ने क्षमता सुधारमा योगदान गर्नुहुनेछ ।’

यो समाचारले पनि मन तरङ्गीत बनायो । वा ! पूर्व तयारीमा कति प्रतिवद्ध स्विडेन । स्विडेन युद्धमा जाला /नजाला त्यो उसको पाटो हो । तर ऊ कतिसम्म दुरदर्शी योजना बुन्दो रहेछ भन्ने कुरा नेपाल र नेपालीको लागि मननीय छ ।

वा ! पूर्व तयारीमा कति प्रतिवद्ध स्विडेन । स्विडेन युद्धमा जाला /नजाला त्यो उसको पाटो हो । तर ऊ कतिसम्म दुरदर्शी योजना बुन्दो रहेछ भन्ने कुरा नेपाल र नेपालीको लागि मननीय छ ।

 हामीकहाँ चाहिँ ? 

गत वर्षको फागुन २८ गते ढाकाबाट काठमाडौं आएको युएस–बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्ये विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए ।

दुर्घटनापछि देखिएको दृश्यहरुमा उद्धारकर्ताभन्दा रमितेहरुको भीड बढ्ता थियो । त्यतिसम्म हामी नेपालीलाई ‘सामान्य’ नै लाग्छ । अझ अन्तर्राष्ट्रिय विमानस्थलले घण्टौँसम्म यात्रुलाई सूचना नै नदिई अल्मल्याएको दृश्य कति सजिलै नजरअन्दाज गर्न सक्यौँ हामीले । 
अर्को प्रसंग गत चैतमा राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाने र राष्ट्रपति कार्यलयमा फर्कने क्रममा हजारौं नागरिकले घण्टौं जाममा बस्नुपर्यो । हाम्रा महामहिम पनि सेकेण्ड र मिनेटहरुलाई तौलिसिन्न रै’छ ।  

जहिल्यै ‘ईट्स ओके !’

अझै लाज पनि लजाउने कुरा के छ भने, ‘जीजुबाजेका पालामा भएका सम्झौता आजसम्म अलमल्ल छ । हामीले गुमाउन लागेका कति धेरै परियोजनाहरु छन् । तिनका बारेमा बहस नै हुँदैन ।

हामीले गुमाउन लागेका कति धेरै परियोजनाहरु छन् । तिनका बारेमा बहस नै हुँदैन । भईहाल्यो भनेपनि कुन पार्टीको कुन नेताको कारण त्यो बहस विनानिष्कर्ष पूर्णविरामको भागिदार हुनुपर्ने हो पत्तो छैन । र पनि हामीलाई ठिकै छ ।  भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्ला (महोत्तरी, धनुषा, डडेल्धुरा र बैतडिबाहेक) का ७१ भन्दा बढि स्थानमा नेपाली भुमि मिचिएको छ । सिमानाका पोलहरु उखेलिएका छन् । हामी यता आई लभ नेपाल लेखिएको टिसर्टले ओतप्रोत राष्ट्रप्रेम ‘सो अफ’ गरिरहेका छौँ । 

भईहाल्यो भनेपनि कुन पार्टीको कुन नेताको कारण त्यो बहस विनानिष्कर्ष पूर्णविरामको भागिदार हुनुपर्ने हो पत्तो छैन । र पनि हामीलाई ठिकै छ । 
भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्ला (महोत्तरी, धनुषा, डडेल्धुरा र बैतडिबाहेक) का ७१ भन्दा बढि स्थानमा नेपाली भुमि मिचिएको छ । सिमानाका पोलहरु उखेलिएका छन् । हामी यता आई लभ नेपाल लेखिएको टिसर्टले ओतप्रोत राष्ट्रप्रेम ‘सो अफ’ गरिरहेका छौँ । 
सिंहदरबार गाउँमा आउँछ भन्दै नारा पिटेर जितेकाहरुबाटै ‘भोट दिएको थिईस् र ? तेरो काम गरुम् ? भनेको समाचार सुन्छौँ र पनि हामीलाई ठिकै छ । 

………………

नेपालमा भईरहेको विकास निर्माण (सडक सञ्जाल विस्तार र स्तरोन्नती) का पाटाहरुलाई नै नियालौँ न । 
३० महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित २०७२ साउन १ गतेदेखि काठमाडौँलाई जोड्ने मुख्य नाकाको रूपमा रहेको राजधानीको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मकोे सडक विस्तारको समय सकिईसकेको छ । तर सडक लथालिङ्ग छ । र पनि हामीलाई ठिकै छ । 

सन् २०१५ को अप्रिलमा अर्थात् २४ महिनामा सक्ने गरी ठेक्का दिइएको नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । लाईफलाईन सडक मानिएको मुग्लिन नारायणगढ सडकखण्ड चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने यो सडक चरम लापरबाहिका कारण नबनेको देखेका हामीलाई फेरि पनि ठिकै छ । 

नेपालको सबैभन्दा पुरानो त्रिभुवन राजपथले वीरगञ्ज र राजधानी काठमाडौंलाई जोड्छ तर अत्यन्त बढी घुम्ती सडकहरू भएको यो राजमार्ग यात्राका लागि त्यति सहज मानिदैन । सडकको उचित मर्मतसम्भार तथा स्तरोन्नती नभएकै कारण दिनहुँजसो दुर्घटनाका समाचार सुनिन्छन् । र पनि हामीलाई ठिकै छ ।  

सडक यात्राको जटिलता र सास्ती खेपिरहेका यात्रुहरुका लागि दुई वर्ष अघि सञ्चालनमा आएको बल्खु फर्पिङ(फाखेल) कुलेखानी हुदै हेटांैडा पुगिने सडकमार्ग स्तरोन्नती भईरहेको छ । टाटा सुमोमा चढेर साढे तीन घन्टामै हेटौडा पुग्न सकिने ७३ किलोमिटर दूरीको यस सडक यात्रा गर्न सिंगो एक दिन छुट्टाउनुपर्छ । र पनि हामीलाई ठिकै छ । 

सडकमा सेतो पहेँलो धर्को मेटिएको महिनौँ भईसक्यो । जेब्राक्रसिङमा पनि धर्काहरु देखिँदैनन् । यसका कारण सवारी दुर्घटना भईरहेको छ । कसैले रङ्ग पोतेको छैन । 
सडकमा खाल्डाखुल्डी, हिलो, धुलो, फोहोर छ । सफा सुन्दर बनाउने जिम्मेवार निकाय निदाएको छ । र पनि ठिकै छ ।  

सडकमा गाईबाच्छा तथा पशु चौपाया छाडा छोडिएको छ । त्यहि छाडा चौपाया हटाउने शीर्षकमा छुट्टिएको बजेट कुन रेष्टुरेन्टमा लगेर सकाईन्छ ? कता पुग्छ? के हुन्छ ? कसैलाई थाहा छैन । व्यवस्थापन भईहाल्छ नि ! भनिन्छ, तर हुँदैन  । र पनि ठिकै छ । 

जसले जहाँ मनलाग्यो त्यहिबाट सडक पार गरिरहेको छ, नीतिनियम बन्छ, भनिन्छ । बनाईएको छैन । बनेका नीति कार्यान्वयन भएका छैनन् । र पनि ठिकै छ ।   
सार्वजनिक सवारी पार्किङ तथा स्टेशन छैन । उछिनाउछिन भएर दौडेका छन् । कसैले सुने पो !

काठमाडौँमा सार्वजनिक स्थानमा हिडिरहेका बखत पिसाब लाग्नु पनि ठूलो अभिषाप जस्तो भएको छ । पिसाब लागेको थाहा पाएदेखि चुहुन लाग्दासम्म सार्वजनिक शौचालय भेटिँदैन । र पनि हामीलाई ठिकै छ । 

सिंहदरबारभित्र मन्त्रालय नै मन्त्रालय छन् । मन्त्री छन् । सचिव छन् । जनताले तिरेको करबाट तलब लिन्छन् । तर जनताको नाममा ‘सिन्को भाँच्ने’ काम हुँदैन अनि समाचार सुनिन्छ, बजेट फ्रिज भयो भनेर । र पनि ठिकै छ ।  

२०७२ साल वैशाखमा भूकम्प गयो । भूकम्पपिडित ठिहिराउने चिसोमा बसेका छन् । उनीहरुको लागि काम गर्न खुलेको राष्ट्रिय पूननिर्माण आयोग राजनीतिक दलका नेता कार्यकर्ता भर्ती गर्ने अखडा बनेको छ । र पनि हामीलाई ठिकै छ । 

रातारात नदी दोहन हुन्छ, त्यो पनि राजनीतिक दलको मिलेमतोमा  । र पनि हामीलाई ठिकै छ । 

आफ्नै धरातलमा उभिएर….! 

अलिक अस्ती एकजना केटासाथीले फेसबुकमा स्टाटस राखेका थिए, ‘हैन किताबमा सिल्पीङ ट्याबलेट छ कि के हो ? छुनेबित्तिकै निद्रा लाउँछ त !’ तर उनको यो पोस्ट राती ११ बजेर २७ मिनेटमा पोस्टिएको थियो । तपाईलाई लाग्न सक्छ, कस्तो ‘क्रियटिभ स्टाटस’ । अवश्य । सामाजिक सञ्जाल  प्रयोगका कारण मानिसहरु केहि सिर्जनात्मक भएकै हो । यसमा दुईमत छैन । तर सामाजिक सञ्जाल प्रयोगपछि धेरै मानिसहरुले आफ्ना प्राथमिकताका आधारहरु बदलेका छन् । 

माथि पेश गरिएका केहि सामान्य उदाहरणहरु मात्रै हुन् । दाईजो प्रथा बोक्सी चेलीबेटि बेचविखन बलत्कार हत्या, हिंसा, लुटपाट, प्राकृतिक प्रकोप, तस्करी यी यावत् विषयमा यस्तै ठिकै छ भन्दै चलाएका छौँ हामीले । छिमेकी मुलुकहरु सेकेन्डसँग दौडिरहँदा यता हामी १ घण्टा कुराएर ङिच्च हाँसीरहेका छौँ ।  अलिक अस्ती एकजना केटासाथीले फेसबुकमा स्टाटस राखेका थिए, ‘हैन किताबमा सिल्पीङ ट्याबलेट छ कि के हो ? छुनेबित्तिकै निद्रा लाउँछ त !’ तर उनको यो पोस्ट राती ११ बजेर २७ मिनेटमा पोस्टिएको थियो । तपाईलाई लाग्न सक्छ, कस्तो ‘क्रियटिभ स्टाटस’ । अवश्य । सामाजिक सञ्जाल  प्रयोगका कारण मानिसहरु केहि सिर्जनात्मक भएकै हो । यसमा दुईमत छैन । तर सामाजिक सञ्जाल प्रयोगपछि धेरै मानिसहरुले आफ्ना प्राथमिकताका आधारहरु बदलेका छन् । 

एक वर्ष अगाडितिरको समय हुँदो हो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नाम (युजर नेम)को पछाडि ‘नेपाली’ जोड्ने ‘ट्रेण्ड’ चलेको थियो । हाकिमदेखि नेता, पत्रकार, व्यापारी, विद्यार्थी, कुचिकार, शिक्षक सबैले आफू  ‘पिओर नेपाली’ भएको देखाउन चाहे । फेरि एक समय आयो फेसबुकका पानाहरु उसैगरी रंगिए । ‘वि पिपल आर गोर्खे ।’ एस विर गोर्खाली हौँ हामी ।’
………………………
हामी कुन धरातलमा टेकेर यस्ता क्रियाकलाप गर्न उद्धत भईरहेका छौँ ? अब साँच्चै सोच्नुपर्ने बेला भएको छ । विश्वमा ‘वीर गोर्खाली’ को उपमा सानो दुखले आर्जेको होइन । आफ्नो ज्यानको बाजी थापेर जित्नेहरुलाई सम्मानस्वरुप दिईएको उपमा हो यो । त्यसमा हाम्रो के नै योगदान थियो र ? त्यो उपमाको हिस्सेदार बन्दै वकालत गरिरहेका छौँ ? त्यसैले अब केही नयाँ परिचय बनाऔँ । सोचौँ । हरेक परिस्थितिलाई ‘ठिकै छ नि’ भनेर नपन्छिऔँ । राज्य  र तिनका हरेक निकायहरुलाई खबरदारी गरौँ । प्रश्न गरौँ । आफ्नो अधिकार र कर्तव्य नभुलौँ । वीर गोर्खाली लेखिएको इतिहासको पानामा नयाँ पुस्ताको नयाँ योगदान र परिचय स्थापित गर्न सक्यौ भने मात्र हामी बिर गोर्खालीका ‘न्यु जेनेरेसन’ बन्नेछौँ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?