ओमिक्रोनको लक्षण के–कस्तो हुन्छ ?

लोकपथ
2.5k
Shares

अहिले विश्वमा कोभिडको ओमिक्रोन भेरियन्टले तहल्का मच्चाइरहेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको ओमिक्रोन अहिले विश्वका विभिन्न मुलुकमा फैलिसकेको छ ।

कोभिडको पछिल्लो डेल्टा भेरिअन्टभन्दा ५ गुणा बढी सङ्क्रमण ओमिक्रोनको फैलने अनुमान गरिएको छ । यही कारणले बढी चिन्तित बनाएको ओमिक्रोनको सङ्क्रमण भएमा के–कस्तो लक्षण देखिन्छ, यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा अहिले वैज्ञानिकहरू अनुसन्धानमा रहेका छन् ।

कोरोनाको विभिन्न भेरियन्टले मानवीय क्षति बढाउँदै लगेको अवस्थामा यो नयाँ भेरियन्टको प्रभाव कस्तो हुने छ भन्ने विषयमा अहिले विभिन्न किसिमका अनुमानहरू मात्र आइरहेका छन् ।

विभिन्न सञ्चार माध्यमहरूमार्फत अहिले ओमिक्रोनको उत्पत्तिस्थल दक्षिण अफ्रिकाका चिकित्सकहरूले यसका लक्षणहरू के–कस्ता किसिमका हुन्छन् र यसलाई कसरी पहिचान गर्न सकिन्छ भन्ने कुरा मात्र बताउन सकेका छन् ।

दक्षिण अफ्रिकाका चिकित्सकहरूका अनुसार ओमिक्रोनको सङ्क्रमण भएमा यसको लक्षण अन्य कोरोनाका भेरियन्टभन्दा केही फरक देखिने बताए ।

चिकित्सकहरूका अनुसार ओमिक्रोनको सङ्क्रमण भएमा शरीरमा भाइरसको स्थिति कम देखिने गरेको केही बिमारीहरूमा परीक्षण गर्दा फेला परेको जनाएका छन् । उनीहरूका अनुसार ओमिक्रोन सङ्क्रमण भएका व्यक्तिको शरीरमा भाइरसको सिटी भ्यालु कम देखिएको जनाएका छन् ।

ओमिक्रोन सङ्क्रमण भएका व्यक्तिहरूमा देखिने लक्षणमा बिमारीलाई धेरै नै ज्वरो आउने, अत्यधिक थकानको महसुस हुने, टाउको धेरै दुख्ने, शरीर पनि दुख्ने, खोकी लाग्ने गरेको छ ।

दक्षिण अफ्रिकाका चिकित्सकहरूका अनुसार ओमिक्रोनको सङ्क्रमण भएमा पहिलाका अन्य भाइरसले जस्तो स्वाद र गन्ध थाहा नपाउने समस्या यसको सङ्क्रमण हुँदा देखिँदैन । यसमा मुटुको चाल बढ्ने तर रगतमा अक्सिजनको लेभलमा भने कमी नआएको पाइयो ।

दक्षिण अफ्रिकाका चिकित्सकहरूका अनुसार ओमिक्रोनवाट बच्ने भनेको कोरोनाबाट पहिला जोगिन गरिने दैनिक व्यवहार नै हो भनेका छन् । यो बाहेक खानेकुरामा भिटामिन डी, जिङ्क र भिटामिन सी बढी भएका खानेकुरा खानलाई उनीहरूले सल्लाह दिएका छन् । यी खानेकुराको सेवनले रोग प्रतिरोधी क्षमता बढ्ने र सङ्क्रमण भएमा पनि कम खतरा हुने भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?