काठमाडौं । द्वन्दकालीन मुद्दामा जन्मकैदको सजाय पाई हाल डिल्लीबजार कारागारमा सजाय काटिरहेका बालकृष्ण ढुंगेललाई रिहाई गर्न लागिएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कर्तब्य ज्यान मुद्दामा सजाय भोगीरहेका बालकृष्ण ढुंगेललाइ सजायमा भारि छुट दिएर सरकारले कैद मुक्त गर्नु गलत रहेको दाबी सहित अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।
रिटमा ढुंगेललाई रिहा नगर्न अन्तरिम आदेशको माग गरिएको छ । बिहिबार दर्ता गरिएको रिटको सुनुवाई अज शुक्रबार रहेको पनि त्रिपाठीले जानकारी दिए ।
ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा सरकारले कैद मिनाहा गरी रिहा गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया